होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा
समाज

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा

  • नागरिक रैबार
नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् ।

जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजिटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा छन् ।

सबैको सल्लाहमै आइतबार विहान अस्पतालमा भर्ना भएको कटुवालले अनलाइनखबरलाई जानकारी दिए । ‘भेट भएका व्यक्तिहरुमा पनि संक्रमण देखियो, आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर म भर्ना भएको हुँ’ उनले भने ।

विज्ञापन

उनमा कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । कटारी अस्पतालले कोभिड–१९ को उपचारका लागि ६ वेडको आइसोलेसन तयारी अवस्थमा राखेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै