काठमाडौं, जेष्ठ ४–शनिबार कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ ।
यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।
सरकारले नेपालमा दोस्रा संक्रमित देखिएपछि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।
फेसबुक प्रतिक्रियाहरु