होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • गाैमुलको कुहुडा गाउँमा पहिरो जाँदा आवत जावत बन्द
बाजुरा बिशेष

गाैमुलको कुहुडा गाउँमा पहिरो जाँदा आवत जावत बन्द

  • नागरिक रैबार
गाैमुलको कुहुडा गाउँमा पहिरो जाँदा आवत जावत बन्द
राजेन्द्र बहादुर रोकाया/बाजुरा ३२ साउन। बाजुराको गौमुल गाउँपालिका २ मल्लोदुगनको कुहुडामा पहिरो गएपछि आवत जावत बन्द भएको छ ।
पहिरोले गौमुल गाउपालिका २ को पौदाली मल्लोदुनका स्थानीलाई जिल्ला सम्म भन्दा पनी वडा कार्यालय सम्म जाने बाटो नभएको स्थानीय चक्र रोकायाले जानकारी दिनुभएको छ ।
स्थानीय रोकायाले दिएको जानकारी अनुसार हिजो राती देखी अत्याधिक रुपमा पहिरो जान सुरु भएको र बिहान सम्म बाटो समेत भत्किएकोले आवत जावत नै नहुने अवस्था आएको बताउनुभयो । पहिरोले कुहुडामै रहेका २ घर निकै जोखिममा रहेका छन् । उक्त दुई घरको सामान अर्कातिर लिने काम भईरहेको स्थानीय खडक धामीले बताउनुभयो ।
केही बालि लगाएकै जग्गा २५ गते रातीको बाढीले बगाएर लग्यो घर पनी उच्च जोखिममा रहेकाले ठुलो समस्यामा परेको स्थानीय धामीले बताउनुभयो । पहिरो बगिरहेको छ आवत जावत गर्न निकै सकस छ अहिले तत्काल त्यहाँका स्थानीयले सुरक्षित स्थानमा बस्न गौमुल गाउपालिका २ का वडा अध्यक्ष चक्रबहादुर बोहराले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार