दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि पेशामा पनि आबद्ध रहेका छन् । भक्तपुर र काठमाडौ लगायत केहि स्थानहरुमा उनको कृषि फर्म रहेको छ ।

विज्ञापन

नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका सुनिता दुलालका ‘झम्के फुली’, ‘मुखैमा चिनी’, ‘बेसी मेलैमा’ लगायतका दर्जनौ गीतहरु श्रोता तथा दर्शकहरुमाझ लोकप्रिय छन् । बि. सं. २०६० मा ‘मायालुले झल्को दिईरहने’ बोलको गीत रेकर्ड गरेर उनी सांगितिक क्षेत्रमा प्रवेश थिइन् । पहिलो गीतले नै राम्रो चर्चा पाएपछि उनले तीज गीत – ‘अब त मैले नि झुम्का लगाउँछु’ गाएकी थिइन् । यो गीत दर्शक अहिले पनि लोकप्रिय छ ।