होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • निर्वाचन क्षेत्र विकास कोषबाट ५० शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा
राजनीति

निर्वाचन क्षेत्र विकास कोषबाट ५० शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा

  • नागरिक रैबार
निर्वाचन क्षेत्र विकास कोषबाट ५० शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा

दैलेख, १ साउन । दैलेखमा कोरना संक्रमित भएका बिरामिहरुलाई उपचारका लागि निर्माण गरिएको आइसाेलेसन अस्पताल सञ्चालनमा आएको छ । सदरमुकामको उत्तरतर्फ तर्ताङ्गमा रहेको सरस्वती मन्दिरको डाँडामा कोराेना संक्रमित बिरामीका लागि बनाइएको ५० शैयाको अस्पताल बुधबारबाट सञ्चालनमा आएको हो ।

कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकमबाट सो अस्पताल निर्माण गरिएको हो ।
जिल्लामा कोराेना संक्रमणको दर उच्च रहेको बेला सामुदायिक विद्यालयमा अस्थायी रुपमा आइसाेलेसन बनाएर उपचार भैरहेको थियो भने कतिपय क्वारेन्टाइनहरुलाई नै आईसाेलेशनको रुपमा प्रयोग गरी उपचार गरिएको थियो । अहिले विदेशबाट आउनेको संख्या कम भएकाले ५० जति मात्रै बिरामी आईसाेलेसनमा  छन्। क्वारेन्टाईनमा २०० जति मात्र बसिरहेकाे अस्पतालका डा. निरन्जन पन्तले बताउनुभयो ।

सुविधा सम्पन्न सो अस्पताल सञ्चालनमा आएपछि कोराेना पोजेटिभका साथै उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि सहज हुने बताइएको छ । तत्काल बनाउनुपर्ने भएकोले सबै पक्षसँग सल्लाह गरेर सबैले सयोग गरेपछि करिब ७० लाखमा सांसदको क्षेत्र विकास कोषबाट भुक्तानी गर्नेगरी काम सम्पन्न भएको कर्णाली प्रदेश सभाका माननीय अमर बहादुर थापाले बताउनुभयाे । तत्काल निर्माण गर्न नपाईने भएकोले आउँदो आर्थिक वर्षमा भुक्तानी दिने शर्तमा निर्माण कार्य जिम्मा दिइएको सांसद थापाले बताउनुभयो ।

कोरना संक्रमितको संख्या बढिरहेको बेला तत्काल बनाउनु पर्ने भएपछि प्रिफ्याब प्रबिधि बाट २१ दिनमा सो अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको हो । प्रिफ्याब प्रविधिबाट ५० शैयाका ५ वटा भवन निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

दैलेखमा हालसम्म ८४३ जनामा कोराेना पोजेटिभ पाइएको छ । तीमध्ये उपचारपछि ७२५ जना निको भएर घर फर्किएका छन् । जिल्लामै पिसिआर जाँच गर्न ल्याब सञ्चालन गरिएकोले रिपाेर्ट छिटो आउनुका साथै उपचारमा पनि सहज भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि