होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपामा विवाद बढ्दो : नेकपा प्रमुख सचेतक देव गुरुङलाई हटाउने ओलीको तयारी
राजनीति

नेकपामा विवाद बढ्दो : नेकपा प्रमुख सचेतक देव गुरुङलाई हटाउने ओलीको तयारी

  • नागरिक रैबार
नेकपामा विवाद बढ्दो : नेकपा प्रमुख सचेतक देव गुरुङलाई हटाउने ओलीको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद थप बढ्न थालेको छ । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाका प्रमुख सचेतक देव गुरुङलाई हटाउने तयारी गरेका छन् ।

विभिन्न निकायको नियुक्तिका लागि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले एक दुईदिनभित्रै पार्टीका प्रमुख सचेतक गुरुङलाई हटाउने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ । ओलीले मंसिर २८ गते नै गुरुङलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए । तर, गुरुङले पार्टी निर्णय नभएको भन्दै अस्वीकार गरेका थिए ।

गुरुङ पार्टीमा देखिएको विवादमा आफूविरुद्ध लागेको भन्दै ओलीले प्रमुख सचेतकबाट हटाउने तयारीमा पुगेका हुन् । यस विषयमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर जानकारी गराइसकेका छन् । पार्टीभित्र परामर्श नगरेरै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले गुरुङलाई हटाउने तयारी गरेका हुन् । यसले नेकपाको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ ।

विज्ञापन

गुरुङलाई प्रमुख सचेतकबाट हटाउने जानकारीसहितको ओलीको फोन र राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि प्रचण्डसहितका नेताहरु आन्तरिक परामर्समा जुटेका छन् । कानुनी र पार्टीको विधि तथा प्रक्रियाबाट निष्कर्षमा पुग्ने गरी आन्तरिक छलफल भइरहेको एक नेताले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि