होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाढी पहिरो पीडितलाई राहत तथा उद्धार गर्न नेविसंघको ध्यानाकर्षण
बडीमालिका

बाढी पहिरो पीडितलाई राहत तथा उद्धार गर्न नेविसंघको ध्यानाकर्षण

  • नागरिक रैबार
बाढी पहिरो पीडितलाई राहत तथा उद्धार गर्न नेविसंघको ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा ३० साउन।  अविरल वर्षाका सँगै आएको बाढीका कारण बाजुरा जिल्लामा भएको धनजनको क्षति प्रति नेपाल विद्यार्थी संघ बाजुराले ध्यानाकर्षण पत्र बुझाएको छ । यहि साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नदीमा भएको बेलिब्रिज र सडक बगाएपछि नेविसंघ बाजुराले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिंगगा, बडिमालिका नगरपालिका लगायतका अन्य क्षेत्रकाे सडक छेदविच्छेद भएपछि तत्काल निर्माणसँगै सुचारु गर्न,बेलिब्रिज निर्माण गर्न नेविसंघ बाजुराले बडिमालिका नगरपालिका मार्फत संघीय सरकारलाई  ध्यानाकर्षण पत्र बुझाएको नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले जानकारी दिए ।थापा सहितको टोलीले बाढी पीडित परिवारका लागि तत्काल उद्धार, राहतका प्याकेज ल्याउनुका साथै वास्तविक पीडितहरुको एकिन गर्दै राहत वितरण गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार