होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • पारा खेलाडीलाई आर्थिक सहयोग
समाज

पारा खेलाडीलाई आर्थिक सहयोग

  • नागरिक रैबार
पारा खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए।

रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई रकम हस्तान्तरण गरे। रारिगुराँसले गत वर्ष पारा खेलाडीलाई जापानको मिक्की सिटी सहरमा एक साताको प्रशिक्षणमा सहयोग गरेको थियो। यस वर्ष पनि प्रशिक्षणका लागि नेपाली खेलाडीलाई जापानमा प्रशिक्षणको व्यवस्था मिलाइए पनि कोरोना भाइरसका कारण सम्भव नभएको प्रशिक्षक लामाले जानकारी दिए।

मन्डेलाई दराज
१३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेका मन्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाले दराज उपहार दिएको छ। खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको भन्दै मध्यपुर थिमि–४ निवासी मन्डेकाजीलाई सजावटसहितको दराज उपहार प्रदान गरिएको हो।

विज्ञापन

मेयर मदनसुन्दर शाक्यले उनको निवासमै दराजको साँचो हस्तान्तरण गरेका थिए। दराज निर्माणमा करिब तीन लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले मण्डेकाजीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँबाट सम्मान गरेको थियो। अन्नपूर्ण पाेष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार