जेठ ३२, २०७७ काठमाडौँ : सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले अबको दुई साताभित्र दैनिक परीक्षणको दायरा बढाएर १० हजारसम्म पुर्याउने तयारी गरेको हो। परीक्षणका लागि नेपालमा सबै कुराको सहज व्यवस्थापन भए दैनिक १० हजारसम्ममा परीक्षण गर्न सकिनेछ। यो संख्यामा परीक्षणको दायरा बढाउन समस्या पनि छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा बढाउन गृहकार्य थालिसकेको छ। तर कोरोना भाइरस नयाँ भएको र पहिलेबाटै तयारी नगरिएकाले तत्काल परीक्षण संख्या बढाउँदा व्यवस्थापनमा भने असहज हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। पछिल्लो एक सातायता पीसीआर विधीबाट भैरहेको परीक्षणको दायरा भने बढाउँदै लगिएको उनले बताए।
‘जनशक्ति व्यवस्थापनदेखि उपकरणहरूको व्यवस्था पनि सोहीअनुसार गर्नुपर्छ, परीक्षणमा खटिने जनशक्ति र परीक्षण गर्ने रिएजेण्ट व्यवस्था गर्नुपर्छ,’ गौतमले भने, ‘एक हप्ता अगाडिसम्म दैनिक दुई हजारदेखि २५ सयसम्म नमुना परीक्षण भैरहेको थियो, अहिले पाँच हजार ५०० हाराहारीमा पुगेको छ, त्यसैगरी बढाउँदै लैजान्छौं।’ व्यवस्थापन गर्दै परीक्षण संख्या बढाइने गौतमले जानकारी दिए।
गएको एक सातामा आरडिटी–पीसीआर विधिबाट गरिएको परीक्षण मिति परीक्षण गरिएको नमुना संख्या जेठ २६ गते ४ हजार ७ सय ६६ जेठ २७ गते ५ हजार ३ सय ५३ जेठ २८ गते ४ हजार ४ सय १४ जेठ २९ गते ५ हजार १ सय ९४ जेठ ३० गते ५ हजार ९ सय २५ जेठ ३१ गते ५ हजार ६ सय ६१ मुलुकभर कोरोना परीक्षणका लागि २१ वटा पीसीआर ल्याब अहिले परीक्षणका लागि संकलन गरिएका हजारौं स्वाब परीक्षण हुन सकेको छैन।यतिखेर मुलुकभर कोरोना परीक्षणका लागि २१ वटा पीसीआर ल्याब सञ्चालनमा छन्।
ती ल्याबहरुमा प्रतिदिन बढीमा १५ घण्टा र कम्तिमा पनि ८ घण्टासम्म परीक्षण भइरहेको छ। एउटा ल्याबमा १० जना देखि ६० जना जनशक्ति आवश्यक पर्छ। तर स्वास्थ्य मन्त्रालयले केही समययता परीक्षणदर बढाउँदै लगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले मुलुकमा औषतमा पाँच हजार ५०० वटा नमुना परीक्षण भैरहेको छ। सबै ल्याबको क्षमता समान नहुने र परीक्षण दर पनि बराबर नहुने उनी बताउँछन्। नेपालमा २१ वटा पीसीआर टेस्ट ल्याब हुनु धेरै ठूलो उपलब्धी भएको उनको दावी छ।
अहिले तीनवटा ल्याब थप्न गृहकार्य भैरहेको गौतमले जानकारी दिएका छन्। हाल भैरहेको परीक्षणदर पनि साह्रै सुस्त नभएको उनले बताए। दक्षिण एसियामा धेरै परीक्षण गर्ने मुलुकमा नेपाल दोस्रो दक्षिण एसियामा सबैभन्दा धेरै परीक्षण गर्ने मुलुकमा नेपाल दोस्रो नम्बरमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। उनका अनुसार प्रति १० लाख जनसंख्याका आधारमा नेपालअघि भुटानमात्रै छ।
यस आधारमा नेपालले नौ हजार नमुना परीक्षण गर्दा भारतको संख्या पाँच हजार हुन्छ। स्थानीय तहलाई पीसीआर मेसिन सञ्चालन गर्न कठिन पछिल्लो समय केहि स्थानीय तहले कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन सञ्चालन तयारी गरिरहेका छन्। तर मन्त्रालयका अधिकारीहरू भने स्थानीय तहले पीसीआर मेसिन सञ्चालन गर्न सक्ने क्षमता नरहेको बताउँछन्। गौतमले भने, ‘पीसीआर मेसिन खरिद गर्नु माइक्रोस्कोप किने जस्तो होइन, यो फिज्र किने जस्तो पनि होइन, पीसीआर ल्याब चलाउन मास्टर्स गरेका विशेषज्ञ प्राविधिकहरू चाहिन्छ, आवश्यक जनशक्ति त्यति सजिलै पाइँदैन। स्थानीय तहले त्यो गल्ती गर्नुहुँदैन।’
फेसबुक प्रतिक्रियाहरु