होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख
देश/प्रदेश

प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख

काठमाडौं । दोस्रोपटक  मृगौलाको प्रत्यारोण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत हप्ताको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराउनुभएका ओली शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो ।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

विज्ञापन

प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख लागेको पनि उहाँले जानकारी दिनुभयो । अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उहाँले बताउनुभएको छ ।

डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उहाँका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा हुनुहुनेछ ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए । मृगौला प्रत्यारोपण गराएको १० औं दिन डिस्चार्ज हुनुभएका ओलीलाई उहाँकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिनुभएको थियो ।

संग्रौला यसअघि नै डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार