होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदुरपश्चिम प्रदेशमा मंसिरमै हिमपात सुरु
देश/प्रदेश

सुदुरपश्चिम प्रदेशमा मंसिरमै हिमपात सुरु

  • नागरिक रैबार
सुदुरपश्चिम प्रदेशमा मंसिरमै हिमपात सुरु

सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । मौसममा आएको परीबर्तन सँगै प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको हो । मँसिरमै हिमपात सुरु भएपछि हिमाली तथा पहाडी जिल्लाका उच्च लेकाली भागमा भने चिसोको मात्रा बढेको बताईएको छ ।

पहाडी भेगका हिमपात नहुने स्थानमा भने पानि परेपछी किसान हर्षित भएका छन । पानी अभाबमा लगाईएको हिउँदे बालीमा समयमै पानि पर्न सुरु भएपछि बाली फस्टाउने आसा पलाएको डोटीको बोगटान गाउँपालिका निवासि हरीना बिस्टले बताईन् ।

यस्तै मँसिरमै पानी पर्न सुरु भएपछि आफुले लगाएको तरकारी खेति पनि फस्टाउने कमलबजार नगरपालिका वडा नः ८ निवासि प्रजा बोगटीले बताउनुभयो । पानी अभाबमा सुक्नै लागेको तरकारी तथा गहुँ खेति,दलहन बालीमा पनि फाईदा पुग्ने बोगटीको भनाई छ ।

विज्ञापन

उता बाजुरा जिल्लाका उच्च लेकाली भेगमा पनि हिमपात सुरु भएको छ । जिल्लामा हिमपात सुरु भएपछि चिसो बढेको बाजुराको काँडाबाट उर्मिला रोकायाले जानकारी दिनुभयो । उच्च लेकाली भागमा हिँउ पर्न सुरु भएको छ,रोकायाले भनिन्–मानब जनजिवनमा प्रभाब परेपनि किसानलाई भने उत्साहित बनाएको उनको भनाई छ । समयमै पानी पर्न सुरु भएपछि यसपालि बाली उत्पादनमा भने बृद्धि हुने रोकायाको बुझाई छ ।

अछामको उच्च लेकाली भु–भाग रामारोशन,चौखुट्टे लगाएतका भागमा हिँउ पर्न सुरु भएको रामारोशन बाट काली बहादुर रोकायाले जानकारी दिनुभयो ।

यसबर्ष समयमै पानी परेका कारण धान बालीमा बृद्धि भएको कृषि ज्ञानकेन्द्र अछामका कार्यालय प्रमुख छपेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । धान रोप्ने समयमा पानी परेपछि धानबालीमा बृद्धिभएको उनको भनाई छ । तर यस बर्ष बर्षायाममा लगाईएको खेति अन्तरगत दलहन बाली र मकैबालीमा भने गिरावट आएको शर्माको भनाई छ ।

फुल फुल्ने समयमा बढि मात्रामा बर्षा भएका कारण दलहन बाली उत्पादनमा गिरावट भएको उनको भनाई छ । यस्तै यसबर्ष मकैबालीमा फौजिकीरा (सलह) लागेपछि मकै उत्पादनमा पनि गिरावट आएको कार्यालय प्रमुख शर्माले बताए् ।

यस्तै हिउँदे बाली अन्तरगत यसबर्ष गहुँबाली पनि फस्टाउने उनको बिश्वास छ । अछाम जिल्लामा यसपालि सबै बाँझो जमिनमा खेति गरीएकाले गहुँ उत्पादनमा बृद्धि हुने उनको अनुमान छ । जिल्लाभर अहिले गहुँखेतिको अवस्था राम्रो रहेका पनि शर्माले बताए् ।

यस्तै सुर्खेतमा पनि चिसोको मात्रा बढ्न सुरुभएको बराहताल गाउँपालिका सुर्खेतका बिमला बिस्टले जानकारी दिनुभयो ।अर्कोतिर चिसोको मात्रा बढ्न थालेपछि कोरोनाका बिरामीहरुलाई समस्या हुन थालेको छ । चिसोको समयमा कोरोना सँक्रमण बढ्ने भएकाले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनकराज ढुङ्गानाको भनाई छ ।

चिसोको समयमा दिर्घरोगी,स्वासप्रश्वासका बिरामीहरु बढि प्रभाबित हुने भएकाले उनिहरुको बिषेश ख्याल गर्न उहाँले अपिल गनुभयो । पछिल्लो समय अछाम जिल्लामा अत्याधिक मात्रामा कोरोना सँक्रमण बढ्न थालेको भन्दै उहाँले कोरोना सँक्रमणबाट बच्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार