होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य
रोचक

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

  • नागरिक रैबार
मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ ।

आफैंलाई खान थाल्छ शरीरः

जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर पचाउने गर्दछ । तर के तपाईंलाई मृत्यु पछि शरीरभित्र रहेका यी ब्याक्टेरिया के हुन्छन् भन्ने थाहा छ ? वास्तवमा, मानिसको मृत्यु भएपछि पनि यी ब्याक्टेरिया हाम्रो शरिरभित्र जिउँदो हुन्छ । मृत्युको तीन दिनसम्म पनि यसले हाम्रो शरीरमा भएको खानेकुरा खाने गर्दछन् । तर खाना समाप्त भएपछि यसले हाम्रो शरिरलाई नै खान सुरु गर्दछ । यसरी नै मृत्युको तीन दिन पछि हाम्रो शरिरभित्र खाली हुने गर्दछ किनभने यी एन्जाइम्सले त्यसलाई खान थाल्छ ।

विज्ञापन

 

 

डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब सात हजार मानिसको मृत्यु हुन्छ ।

 

 

मृत्युपछि हाम्रो हात र खुट्टाको नङ बढ्दैन । वास्तवमा, हाम्रो नङ वरिपरिको छाला खुम्चिने गर्दछ जसका कारण नङ बढेको जस्तो देखिन्छ ।

 

सूडानमा आज पनि क्रसमा चढाएर मृत्यु दिने तरिका अपनाइन्छ ।

 

 

मानिसहरु दुनियाँमा आएपछि अहिलेसम्म करिब १ सय बिलियनभन्दा बढिको मृत्यु भइसकेको छ ।

 

हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।

 

 

इटालियन सिरियल किलर लेखोनार्डा सिन्चुल्लीले मानिसहरुको हत्या गरेर उनीहरुको शरिरबाट चिया र केक बनाउँथिन् र आफ्नो घरमा आएका पाहुनालाई खुवाउने गर्दथिन् ।

 

रुसमा सन् १९२३ मा जन्मिएका धेरैजसो मानिसहरु (करिब ८० प्रतिशत) को मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो ।

 

हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।

 

 

मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार