होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना संक्रमणबाट बारामा ५ वर्षीय बालकको मृत्यु
देश/प्रदेश

कोरोना संक्रमणबाट बारामा ५ वर्षीय बालकको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमणबाट बारामा ५ वर्षीय बालकको मृत्यु

बारा : बाराको निजगढ ६ माथिल्लो योजनाका एक बालकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ज्वरो आएपछि वीरगञ्ज लगिएका ५ वर्षिय बालकको शुक्रबार मृत्यु भएको हो। मृतक बालकको कोराना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले जानकारी दिए।

स्थानीय मेडिकल र निजगढ सामुदायिक अस्पतालमा उपचार गर्दा ज्वरो नियन्त्रणमा नआएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। उनको अस्पतालमा नै मृत्यु भएपछि आरडीटी परीक्षणमा पोजेटिभ रिर्पोट आएपछि थप परीक्षणका लागि पीसीआर गरिएको थियो।

 नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणमा कोरोनाको रिर्पोट पोजेटिभ आएको नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए। बालकको शव अहिले अस्पतालमा रहेको उनले जानकारी दिए। तीन वर्षदेखि शारीरिक रुपमा अशक्त रहेका उनी बुवा–आमासंग अस्पताल पुगेका थिए। थाहाखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार