होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना नियन्त्रण खर्चमा सुदूरपश्चिम सरकार देशभरीमा सबैभन्दा अगाडि
देश/प्रदेश

कोरोना नियन्त्रण खर्चमा सुदूरपश्चिम सरकार देशभरीमा सबैभन्दा अगाडि

  • नागरिक रैबार
कोरोना नियन्त्रण खर्चमा सुदूरपश्चिम सरकार देशभरीमा सबैभन्दा अगाडि

धनगढी : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड खर्चको विवरण सार्वजनिक गरेको छ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ।

यसैगरी, सात वटा प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपैँया खर्च भएको छ। जसमा सबैभन्दा बढि सुदूरपश्चिम प्रदेश सरकारले खर्च गरेको छ। संघीय सरकारले सार्वजनिक गरेको खर्च विवरणमा सुदूरपश्चिम प्रदेश सरकारले ३६ करोड ४८ लाख ७० हजार रुपैँया खर्च गरेको उल्लेख छ।

विज्ञापन

प्रदेश सरकारको कोषमा ४२ करोड ५७ लाख बढि रकम जम्मा भएकोमा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको हो।  प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार र कर्णालीले २३ करोड ९२ लाख ८३ हजार खर्च गरेको छ। यस्तै देशभरीका स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैँया खर्च भएको स्रोतले जनाएको छ।  दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार