होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन करोड जनसंख्यामा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन : प्रधानमन्त्री
समाचार

तीन करोड जनसंख्यामा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन : प्रधानमन्त्री

  • नागरिक रैबार
तीन करोड जनसंख्यामा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए ।

‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौँ । २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका छन् । तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन,’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताए ।

उनले युवाहरुको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताए । ‘सरकार साथमा छ । अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दैसरकारले युवाहरुका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवा स्वरोजगार, युवापरिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत जानकारी दिए ।

उनले अहिले ४० प्रतशत युवाहरुले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्योभन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको बताए । उनले यो प्रतिशतलाई बढाउदै लैजाने पनि प्रतिवद्धता जनाए । नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले युवाको क्षमता र सहभागिता बृद्धि गर्दै अघि बढ्नसकेमात्रै सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि