काठमाडौं । पश्चिम रुकुमको सोती घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा घटनाका दोषिलाई कारवाही गरी मृतकहरुलाई सहिद घोषणा गर्न माग गरेको छ ।
धर्ना र प्रदर्शनपछि सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलले सोती घटना विरुद्ध भइरहेको प्रदर्शन श्रद्धाञ्जली अर्पणमा मात्रै सिमित नभएर कडा रुपमा अगाडी बढाउनुपर्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु