होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छापामा आज : एमसीसी संशोधन अमेरिकालाई अमान्य
देश/प्रदेश

छापामा आज : एमसीसी संशोधन अमेरिकालाई अमान्य

  • नागरिक रैबार
छापामा आज : एमसीसी संशोधन अमेरिकालाई अमान्य

संघीय राजधानी काठमाडौंबाट बुधबार प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् । ‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ ।

एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारूढ दलका नेतालाई भेटेर यसबारे प्रष्ट पारेको अन्नपूर्णको दाबी छ ।

एमसीसीलाई लिएर पछिल्लो समय नेकपाभित्रै विवाद छ । सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा भइरहेका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

चीनबाट कसरी ल्याइँदैछ नेपाली विद्यार्थी भन्ने प्रश्नको जवाफ पनि अन्नपूर्णले खोजेको छ । दिल्ली विधानसभा निर्वाचनको परिणामलाई अन्नपूर्णले एंकर बनाएको छ । मंगलबार सम्पन्न मतगणनामा आम आदमी पार्टीले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ ।

विज्ञापन

सम्पदा जोगाउन खाली खुट्टासहित गरिएको प्रदर्शनको तस्वीर छापेको कान्तिपुरले तुइन तर्न १०० रुपैयाँ तिर्नुपर्ने हुम्लाको बाध्यताबारे समाचार लेखेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले तुइन तर्नकै लागि चर्को शुल्क तिर्ने गरेका हुन् । कान्तिपुर लेख्छ– पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन् ।

विद्यार्थी पढाउन नोबेल मेडिकल कलेजले गरेको अटेरीबारे पनि कान्तिपुरले समाचार छापेको छ । नयाँ पत्रिकाले घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, ५५ हजार बालबालिका घरेलु मजदुरका रूपमा कार्यरत छन् ।

घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकामाथि शोषण र कुटपिट हुँदा अनेक घटना हुने गरेको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिका लेख्छ– पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन । तर गैरकानूनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार