होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ढाका टोपीको व्यापार बढ्यो
समाचार

ढाका टोपीको व्यापार बढ्यो

  • नागरिक रैबार
ढाका टोपीको व्यापार बढ्यो

काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदी बहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो । यो हाम्रो आस्थाको प्रतिक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्ध, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् ।

तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परेपनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाई छ ।

विज्ञापन

ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हँुदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागी हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाई छ ।

नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ । यसले भाइटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटिकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौती दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार