नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ ।
बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।
डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान देखी आमा छोरी घरबाट संगै निस्केको र छोरी मृत अवस्थामा बुढीगंगा नदिमा भेटिएकी हुन् । आमाको खोज तथा अनुसन्धान भईरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु