होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाढी-पहिरो पीडितलाई तत्कालै उद्धार तथा राहतको व्यवस्था गर्ने निर्णय
समाज

बाढी-पहिरो पीडितलाई तत्कालै उद्धार तथा राहतको व्यवस्था गर्ने निर्णय

  • नागरिक रैबार
बाढी-पहिरो पीडितलाई तत्कालै उद्धार तथा राहतको व्यवस्था गर्ने निर्णय

काठमाडौं, २७ असार । लगातारको वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी—पहिरोमा परेकाहरूलाई सरकारले तत्कालै उद्धार तथा राहत प्रदान गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद व्यवस्थापन परिषदकाे बैठकले देशका उक्त निर्णय गरेको हो । विभिन्न ८ जिल्ला अहिले बाढीपहिरोबाट बढी प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले उद्धार, राहत तथा पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार बाढी—पहिरोबाट प्रभावितलाई तत्कालै उद्धार गरी राहत र पुनस्र्थापनाका काम अघि बढाउन सरोकारवालहरुसँग समेत छलफल भएको छ । जोखिममा रहेका तथा विस्थापनमा परेकाहरुलाई तत्कालका लागि उद्धार गरी सार्वननिक विद्यालय भवन वा अन्य पायक पर्ने भवनहरुमा पुनस्र्थापना गर्नेबारे छलफल भएको जनाइएको छ ।

विज्ञापन

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै मन्त्रीहरू र सुरक्षा निकायका अधिकारीहरु रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार