होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड
विचित्र संसार

संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड

  • नागरिक रैबार
संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।

लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ ।

बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ । गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

विज्ञापन

इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ ।स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै