होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन
Breaking News

बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन

राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ ।

कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले बताउनु भएको छ ।

खड्काले करिव १ लाख पचास हजारको लगानीमा एक सय वटा काठको मुढामा सिताके च्याउको खेती गर्नुभएको जैशिले बताउनु भयो । खेती गरेको करिव ९ महिनापछि सिताके च्याउ फल्न शुरू भएको कृषक राम बहादुर खड्काले जानकारी दिनुभएको छ।

सिताके च्याउ पौष्टिक तथा औषधिय महत्व धेरै भएकोले महङ्गो मुल्यमा विक्रि बितरण हुने ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रसाद जैशिले बताउनु भएको छ । यो च्याउ धेरै उपभोक्ताको रोजाईमा पर्ने गरेको बताइएको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै