नागरिक रैबार/बाजुरा २८ जेठ। सदरमुकाम मार्तडीको कराला देखि गणखेत हुँदै बडीमालिका ३ को रजाली सम्म जाने पक्की बाटो निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास अन्तरगत १० लाखको लागतमा साँफे मार्तडी सडक अन्तगरत पर्ने करालादेखि गणखेत खोला सम्म मेसिनरी वाल सहितको पक्की बाटो निर्माण हुन् लागेको हो ।
उक्त बाटोको बुधबार विहान नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले सिलानास गरेका छन् । बाटोको सिलानास गर्दै नेता रावलले यो बाटो सदरमुकाम मार्तडी भित्र निर्माण हुन लागेकोले यसलाई नमुना बनाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
विगत वर्षदेखि कच्ची बाटो भएकै कारण मार्तडी र रजाली र गौमुल १ अम्लिस र माणीका स्थानीयलाई सदरमुकाम मार्तडी आउन र जान समस्या हुने गरेको थियो ।
साँफे मार्तडी सडक खण्ड निर्माण गर्दा सो क्षेत्रको बाटो विग्रेपछि प्रदेश सरकार पुर्वाधार विकास कार्यक्रमको १० लाखको लागतमा पक्की बाटो निर्माण हुन लागेको बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।
पक्की बाटो मेसिनरी वालसहित करिव डेढ मिटर चौडाई हुने र असार मसान्त भित्र बाटोको निर्माण पुरा गरिसक्ने बताईएको छ ।
उक्त बाटो पक्की बनेपछि गठखेत, रवा, सेरी रजाली र गौमुल गाउँपालिकाको माणी र अम्लिस सम्म जाने र आउने स्थानीयहरु लाभान्वित हुने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु