मलाई रिस उठ्छ ।
मेरै आखा अगाडी
प्रत्येक दिन नगरपालिका असफल भइरहेछ ।
लुट मच्चिरहेछ ।
वर्षमा दुइचोटी
आगलागीको वार्षिक कार्यक्रम
लागु गरिदै छ ।
त्यो देखेर मलाई असाध्यै
रिस उठ्छ।
जनताको पैसामा प्राविधिक
प्रत्येक वर्ष तराईमा घडेरी
बैना गरिरहेछ।
जनताको कर तिरेको
पैसाको कुनै रेकर्ड छैन।
सेटिंग चलाउने स्वतन्त्रताको
भरपूर फाइदा उठाइरहेछन्।
कर्मचारीहरू
अझ अचम्मको कुरा त के भने
जनताको पैसा खान पाइदैन भन्दा
पार्टीमा गरेको योगदान सम्झाउछन्।
थाहा छैन उसले करोडौ खाएर
केही थान अमूक मान्छेलाई दुईचार
रूपैया दिएर कहिले सम्म पार्टी चल्ने हो?
मेरै आखा अगाडी सबै भइरहेछ।
मेरा हातहरू कथित कानुनले बाधेकाछन्
त्यसैले मलाई रिस उठ्छ।
मिलेमतोमा जनताको पैसा
यसरी खाईन्छ मानौ
यो नै नियती हो।
यो नै विधि हो।
यो नै कानुन हो।
यो उसको अधिकार हो।
जिम्मेवार मान्छे यसरी बोल्छ।
मानौ यो जुवाको खाल हो।
जड्याहाको भट्टी हो।
खलालीहरूको भेला हो।
यो गजराउलो हो।
यो वेश्यालय हो।
जहा जसलाई जे मन लाग्छ।
त्यो बोल्छ, गर्छ, हिड्छ।
त्यसैले मलाई रिस उठ्छ।
म यस्तो समयको वात गरिरहेछु।
जहा, चोर योजना बनाउछ, पुलिस चोर्छ।
जनप्रतिनिधि योजना बनाउँछ।
कर्मचारी लुट्छ।
अख्तियार, कोलेनी कमिसन उठाउछ।
वकिल झगडाउँछ।
डाक्टर व्यापार गर्छ।
नेता सेटिंग
मास्टर राजनीति
भ्रष्टहरू, व्यविचारीहरू, नैतिक हरामहरू
बहुमत बनाउन जुट्छ।
न्यायालय आँखामा पट्टी बाधेर
सोझासाझ जनता कुट्छ।
त्यसैले मलाई रिस उठ्छ।
मलाई रिस उठ्छ।
ति तमाम सहिदहरू देखेर
ति तमाम क्रान्तिकारीहरू देखेर
ति आन्दोलन
ति वलिदानि देखेर
ति संघर्ष
त्यो त्याग देखेर
यि व्वासाहरू
गिद्दहरू देखेर
के सही के गलत
छुट्याउन नसक्ने जनता देखेर
आँखामा पट्टी बाधेका कार्यकर्ता देखेर
विवेक र जिम्वारीबोध विहिन विद्वान देखेर
चुपचाप भलाद्मी देखेर
यीनका छातिमा नपड्केको बन्दुक देखेर
भ्रष्टचारी घरमा नपरेको चट्यांड देखेर
व्यविचारीमा नलागेको महामारी देखेर
पिडकलाई नसराप्ने देवता देखेर मलाई
मलाई अचेल रिस उठ्छ।
के तिमीलाई पनि रिस उठ्छ ?
सहवीर थापाकाे सामाजिक सञ्जालबाट साभार
फेसबुक प्रतिक्रियाहरु