होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकी बन्द
देश/प्रदेश

कञ्चनपुरमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकी बन्द

  • नागरिक रैबार
कञ्चनपुरमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकी बन्द

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ। स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो।

स्वास्थ्य चौकीले आज सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म स्वास्थ्यचौकीका सेवा बन्द गरिएको उल्लेख गरेको छ।

सेवाग्राहीमा समेत संक्रमण फैलिन नदिन अनिश्चितका लागि सेवा बन्द गरिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले बताए। कञ्चनपुरको पुनरवासमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार