होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • राष्ट्रका लागि युवा र आशाका किरणद्वारा प्युठानमा स्वास्थ शिविर सञ्चालन
स्वास्थ्य-जीवनशैली

राष्ट्रका लागि युवा र आशाका किरणद्वारा प्युठानमा स्वास्थ शिविर सञ्चालन

  • नागरिक रैबार
राष्ट्रका लागि युवा र आशाका किरणद्वारा प्युठानमा स्वास्थ शिविर सञ्चालन

काठमाण्डौ – स्वस्थ्य नेपाल खुसि नेपाली अभियान अन्तर्गत राष्ट्रका लागि युवा र आशाका किरणले प्युठानको गौमुखी गाउँपालिकामा स्वास्थ शिविर सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न भएको स्वास्थ शिविरमा जेनेरल, स्त्री तथा प्रसुती, नशा, हाड-जोर्नी, दन्त रोग, भिडियो एक्सरे, सुगर जाँच सहितका सेवाहरु प्रदान गरिएको थियो । स्वास्थ उपचारका लागि चाहिने स्वास्थ सामाग्री, औषधि तथा न्यायो अभियान अन्तर्गत न्यायो कपडासहित स्वस्थ नेपाली, खुसी नेपालीको टिमले स्वास्थ शिविर सञ्चालन गरेको हो ।

७६८ जनाको स्वास्थ परिक्षण गरिएको स्वास्थ शिविरमा १२३ जनाको दन्त परिक्षण, १०६ जनाको भिडियो एक्सरे, ३०९ जनाको सुगर र रगतको परिक्षण गरिएको थियो । अबको स्वास्थ शिविर बाजुरा सञ्चालनको लागि चाहिने आवश्यक स्वास्थ सामाग्रीहरु Adhikari Mylo (सुविधा फार्मेसी)का श्याम कँडेल र विशाल बाँस्कोटाले गरेका थिए भने Laboratory सहयोग राम बहादुर खड्काले गरेका थिए ।

विज्ञापन

स्वास्थ शिविरमा अभियन्ता मनोज ठकुरी, डा. सुवास जिसी, डा. बिजय जिसी, डा. रुपाम, डा. निकोलस भुसाल, अनिल रिजाल,, खेमराज साउद, विशाल बास्तोला, जीवन क्षेत्री, सागर केसी लगायतको सहभागीता रहेको थियो । प्युठानको गौमुखी गाउँपालिका ४ मा रहेको पुजा भौगोलिक रुपमा निकै विकट ठाउँ हो ।

उक्त ठाउँमा सञ्चालन भएको स्वास्थ शिविरमा राष्ट्रका लागि युवा, आशाका किरण, एमआरआर, दारी ग्याङ, बि एण्ड बि क्लिनिक, डक्टरहोमकेयरले सहयोग गरेको थियो । प्युठान पछि बाजुरा र गुल्मीमा स्वास्थ शिविर सञ्चालनको तयारी भैरहेको सयोजक मनोज ठकुरीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार