होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुग्यो
देश/प्रदेश

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुग्यो

धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना संक्रिय संक्रमित रहेका छन्। उनका अनुसार प्रहरी जवानदेखि प्रहरी उपरिक्षकसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार मात्रै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा परिक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

विज्ञापन

उनीहरुलाई आईसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

यसअघि मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा सहित चार जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको  थियो। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार