होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकाले पनि जिल्लाबाहिर रहेका नगरबासीलाई राहत दिने
देश/प्रदेश

बडीमालिकाले पनि जिल्लाबाहिर रहेका नगरबासीलाई राहत दिने

  • नागरिक रैबार
बडीमालिकाले पनि जिल्लाबाहिर रहेका नगरबासीलाई राहत दिने

रामबहादुर विक/बाजुरा २६ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाले जिल्ला भन्दा बाहिर रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको छ ।
शुक्रबार नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले जिल्लाबाहिर काठमाडौ , विराटनगर , नेपालगन्जमा रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको नगर प्रमुख पदम बडुवालले बताए ।

विश्वव्यापी माहामारिका रुपमा फैलिरहेको कोरना भाईंरसलाई लक्षित गरी जिल्ला भन्दा बाहिर रहेका विद्यार्थीहरुको नाम संकलन गरी प्रत्यक वडाका वडा अध्यक्ष मार्फत राहत वितरण गरिने नगरप्रमुख बडुवालले बताए ।

गत चैत्र ११ गते बाट लडडाउनु सुरु भएपछी पढाईको सिलसिलामा बाहिर गएका र लकडाउनको समयमा घर आउन नपाएका विद्यार्थिहरुलाई नगरपालिकाले राहत वितरण गर्न सुरु गर्ने भएको छ ।

विज्ञापन

लडडाउनको समयमा बन्दाबन्दीमा रहेका २ सय ८ जनालाई राहत वितरण गरिने नगरउपप्रमुख कविता विष्टले बताउनु भएको छ । प्रति व्यक्तिलाइ २५ सय रुपैयाका दरले राहत वितरण गर्ने निर्णय गरेको उपप्रमुख विष्टले बताउनु भयो ।

बडीमालिका नगरपालिकाका वडा नं १ देखी वडा नं ९ सम्मका व्यक्तिहरुको डाटा संकलन गरी राहत वितरण गर्न लागेको हो । प्रत्येक वडाको डाटा संकलन गरी वडा नं १ का ११ जना , वडा नं २ का २१ जना र वडा नं ३ का ४३ जना जिल्ला भन्दा बाहिर रहेको छन् । त्यस्तै वडा नं ४ का १० जना , वडा नं ५ का ४ जना , वडा नं ६ का १८ जना रहेका छन् ।

त्यस्तै वडा नं ७ का ४९ जना , वडा नं ८ का २७ जना र वडा नं ९ का २५ जना जिल्ला भन्दा बाहिर रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि पनी प्रत्येक वडामा राहत वितरण गर्दै आइरहेको छ । जिल्ला बाहिर रहेकाहरु छुटेमा प्रत्येक वडा समितिकाे सिफारिस अनुसार क्रमश राहत दिने योजना रहेकाे नगरपालिकाले जनाएकाे छ ।

यस अघि जिल्लाका अन्य नगर तथा गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना विद्यार्थीहरुलाइृ राहत वितरण गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार