होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले भन्यो–‘दसैँमा जहाँ छौँ, त्यही बसौँ, आर्शिवाद बचाऔँ’
समाचार

सरकारले भन्यो–‘दसैँमा जहाँ छौँ, त्यही बसौँ, आर्शिवाद बचाऔँ’

  • नागरिक रैबार
सरकारले भन्यो–‘दसैँमा जहाँ छौँ, त्यही बसौँ, आर्शिवाद बचाऔँ’

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे ।

४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । उनले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।

उनले भने–‘काठमाडौं अझै उच्च जोखिममा छ ।चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ । काठमाडौंबाट गाउँ जाँदा आउँदा संक्रमण पनि सँगै जाने गर्छ । स्वास्थ्य मन्त्रालयको रिर्पोट अनुसार ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक उच्च जोखिममा रहेकोले सचेत रहन आवश्यक छ ।’

मन्त्री ज्ञवालीले यो वर्षको दसैँमा आर्शिवाद बचाउन आग्रह गरे । आर्शिवाद दिने जेष्ठ नागरिक आफन्तबाट टाढैबाट आर्शिवाद लिन र अर्को दस्ैँमा आर्शिवाद लिनका लागि उनीहरुलाई संक्रमणबाट जोगाउन आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै