होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपा बाजुराद्धारा रुकुम घटनाको निष्पक्ष छानविन गर्न माग
Breaking News

नेकपा बाजुराद्धारा रुकुम घटनाको निष्पक्ष छानविन गर्न माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा बाजुराद्धारा रुकुम घटनाको निष्पक्ष छानविन गर्न माग

नागरिक रैबार/बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले रुकुम पश्चिममा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ ।
आईतबार जिल्ला प्रशासन कार्याल्य बाजुरा माफत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा बाजुराले रुकुम पश्चिममा भएको घटनाको छानविन गरि दोषिलाई कडा कारवाही गरिनु पर्ने माग राखेको हो ।

नेकपाले सवै प्रकारका सामाजिक उत्पीडन तथा सामन्तवादी सोच र प्रवृतिको अन्त्य गर्दै न्यायपूर्ण समतामुलक र विभेद् रहित समाज निर्माण गर्ने लक्ष्य लिएर निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्नो स्थापना कालदेखि सवै खाले विभेद्का विरुद्ध अग्रपंक्तिमा रहेर बलिदानपूणर् संघर्ष गर्दै आएको छ नेकपा कार्यालय सदस्य गगन रावलद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

नेकपा बाजुराले रुकुम पश्चिममा घटेको घटनाले सिंगो मानव समुदायलाई चिन्तित बनाएको छ । हाम्रो पार्टी उक्त विभत्स नरसंहारपूणर्, त्रासदीपूणर् र अपराधारिक कु कार्यको घोर भत्सना समेत गरेको छ ।

विज्ञापन

रुकुम घटनाको सत्य तथ्य छानविन र दोषिलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउन नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलको नेतृत्वमा नेकपा प्रदेश कमिटी सदस्य कमल कुमारी शाह, देविचन्द्र बुढा (दिपक), नेकपा बाजुराका नेताहरु भरत थापा, जनक बोहोरा, अमर खड्का, विनोद विक, कार्यालय सदस्यद्धय काँशी विक, गोरख सार्की लगायत नेताहरु जिल्ला प्रशासन पुगेका थिए ।
नेकपा बाजुराले दिएको ज्ञापन पत्र वुझ्दै  प्रमुख जिल्ला अधिकारी कुष्ण गैरेले याे जाजरकोटमा भएकाे घटना प्रतिनिधि मुलक हाे। अब यस्ता घटना हुन नदिन बाजुरा जिल्ला बाट मेराे साथ सहयाेग हुन्छ। जातिय भेदभाब एक जघन्या उपराध हाे ।आजकाे युगमा पनि जातिय रुपमा कुनैपनि मान्छे निसित समुदाय लाई कम्जोरी बनाउन खाेजेमा मेराे तर्फबाट कारबाहि गर्छु उहाँले प्रतिवद्दता व्यक्त गरेका थिए । साथै प्रजिअ गैरेले अब दलित भनेर हेप्ने युगकाे समाप्त भएकाे छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार