होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टी दर्ता गराउनका लागि जसपाका नेताहरु आयोगमा
देश/प्रदेश

पार्टी दर्ता गराउनका लागि जसपाका नेताहरु आयोगमा

  • नागरिक रैबार
पार्टी दर्ता गराउनका लागि जसपाका नेताहरु आयोगमा

काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् ।

पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ ।

बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो ।

विज्ञापन

एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आयोग पुगेका हुन् ।

दुवै पार्टीबाट २६–२६ जना नेता केन्द्रीय समितिमा रहेका छन् । पार्टीको एक नम्बरमा अध्यक्ष महन्थ ठाकुरको नाम राखिएको छ भने दोस्रो नम्बरमा संघीय परिषद्को। यसैगरी तेस्रो नम्बरमा केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवलाई राखिएको छ भने चौथो र पाँच नम्बरमा क्रमश: वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतोलाई राखिएको छ । अरु सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ । नेतृत्व र वरियताका विषयमा आजै नेताहरुबीच सहमति जुटेकाे थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै