नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ मा रहेको लक्ष्मी माद्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
शैक्षिक शत्रको अन्त्य आउन लाग्दा पनि विद्यालयले पाठ्यपुस्तक उपलव्ध नगराएपछि विद्यालयमा ताला लगाएका हुन् ।
कोभिड-१९ का कारण ८ महिनासम्म पढाई नभएको र विद्यालयमा शिक्षकको पुर्ति र विद्यालयमा समयमै पाठ्यपुस्तक नदिएपछि विद्यार्थीले ताला लगाएको विद्यार्थीले बताएका बताएका छन् ।
विद्यालयमा विद्यार्थीहरुले ताला लगाएको खवर पछि बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहित प्रहरीको टोली विद्यालयमा गएको छ ।
भित्रै थुनिए शिक्षक
विद्यार्थीले विद्यालयमा ताला लगएपछि ८ शिक्षक र २ शिक्षिका गरी १० जना शिक्षकहरु विद्यालय भवनभित्रै थुनिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु