होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली र भारतीय सेनाअध्यक्ष नरवणेबीच बालुवाटारमा भेटवार्ता
समाचार

प्रधानमन्त्री ओली र भारतीय सेनाअध्यक्ष नरवणेबीच बालुवाटारमा भेटवार्ता

  • नागरिक रैबार
प्रधानमन्त्री ओली र भारतीय सेनाअध्यक्ष नरवणेबीच बालुवाटारमा भेटवार्ता

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपति मन्दिर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरे । नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।

नेपाली सेना प्रमुख थापासँगको बीचमा पनि दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त गरिएको थियो । स्रोतका अनुसार नेपाली सेना प्रमुख थापाले दुई देशबीचमा देखिएको पछिल्लो विवादलाई कसरी समाधान गर्ने त्यसका लागि दुई देशका सेनाले के कसरी भूमिका खेल्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए ।

नरवणे आज पाँच बजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै