होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय
समाचार

हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय

  • नागरिक रैबार
हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय

हुम्ला । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ ।

चिसौ मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताए । चिसोका समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले गरेका छन् ।

चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै