होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
समाचार

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

धनगढीः कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् ।

विज्ञापन

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पनि पुष्टि गरे ।

७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार