काठमाडौं, २० असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज अपरान्हका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि तय भएको हो ।
आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, प्रदेश ५ को राजधानीसम्बन्धी विवाद, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुले सरकारको कामकारबाहीको आलोचनात्मक टिप्पणी गर्ने तयारी गरेको बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु