नागरिक रैबार/बाजुरा १९ कार्तिक। जिल्ला सदरमुकाम मार्तडीमा एकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्मबर ६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार रोकायालाई दमको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याईएको थियो । बुधबार दिउसो उपचारका क्रममा रोकायाको अस्पतालमा मृत्यु भएको हो ।
फेसबुक प्रतिक्रियाहरु