होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा. केसीलाई औषधि किन्न अवरोध
समाचार

डा. केसीलाई औषधि किन्न अवरोध

  • नागरिक रैबार
डा. केसीलाई औषधि किन्न अवरोध

डा. गोविन्द केसीलाई  सुरक्षाकर्मीले औषधि किन्न अवरोध गरेका छन्।

सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन्। डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको बताए।

करिब २ महिनादेखि कर्णालीमा रहेका डा. केसीलाई स्थानीय तह र स्थानीय प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमा पनि अवरोध गर्दै आएका छन्। केन्द्र सरकारको निर्देशनमा आफूमाथि यस्तो अवरोध हुँदै आएको डा. केसीको भनाइ छ।

स्वयंसेवा गर्न खोज्दा पनि अवरोध गरिँदा आफू अचम्मित भएको उनले बताए। अस्पताल निर्देशक डा. मंगल रावलले भने आफू ५ दिनको लागि आइसोलेसनमा बसेको र अवरोधसम्बन्धी जानकारी नभएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार