होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बडीमालिका ९ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
राजनीति

नेकपा बडीमालिका ९ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
नेकपा बडीमालिका ९ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीले विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Image may contain: 2 people

विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरेको बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन

नेकपा बडीमालिका ९ नम्बर वडा संगठन कमिटिका अध्यक्ष राजेश विकको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा (नेकपा) सुदुर पश्चिम प्रदेश कमिटिका अध्यक्ष कणर्बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा नेकपा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा रहनु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अथिथि नेकपा सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कणर्बहादुर थापाले नेकपाको दुईतिहाईको सरकारले जनताको हितमा काम गरिरहेकोले नेकपाको सरकारलाई सवै जनताले साथ दिन आवश्यक रहेको बताएका थिए ।

त्यस्तै उहाँले स्थानीय तहको निर्वाचन आउन झण्डै १८ महिना बाँकी भएकोले कसैले पनि एकआपसमा मनमुटाब नगरी एकता बद्ध भएर जनताका काममा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले बाजुराको समग्र विकास र यहाँका जनताका आवश्यकता पुरा गर्नका लागि बाजुराका ९ वटै स्थानीय तहमा नेकपाकै नेतृत्वको सरकार बनाउने गरी नेता तथा कार्यकर्ताले एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

Image may contain: 1 person

अनेरास्ववीयु बाजुरा सदस्य प्रेम नेपालीले संचालन गरेको शुभकामना आदान प्रदान कार्यक्रममा (नेकपा) बाजुरा कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य अमर खड्का, काशी विक, मनोज विक, जिल्ला कमिटी सदस्य नरेश रोकाया, विनोद कुमार विक, किट्टो लवार, राष्ट्रिय युवा संघ नेपाल बाजुराका सहइन्चार्ज शंकर मल्ल लगायत बडीमालिका नगरपालिका ९ का १ सय बढी नेता कार्य कर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार