होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नक्कली सई र असई बनेर होटल सञ्चालकलाई धम्क्याउने दुईजना पक्राउ
समाचार

नक्कली सई र असई बनेर होटल सञ्चालकलाई धम्क्याउने दुईजना पक्राउ

  • नागरिक रैबार
नक्कली सई र असई बनेर होटल सञ्चालकलाई धम्क्याउने दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले नेपालीले आफू जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याएको पाइएकाले पक्राउ गरिएको बताए ।

त्यस्तै मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनि ट्राफिक चोक स्थित पाहुना गेष्ट हाउसमा गई निःशुल्क खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनि जहेरी परेकाले पक्राउ गरिएको हो ।

शनिबार पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई आईतबार जिल्ला प्रशासन कार्यालय दाङबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

साथै प्रहरीले सार्वजनिक पद धारण गरेको व्यक्ति भनी नक्कली परिचय पत्र बनाएर समाजमा अपराधिक गतिविधि गरिरहेको भन्दै सूचना दिन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै