होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकै दिन ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९ पुग्यो
समाचार

एकै दिन ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९ पुग्यो

  • नागरिक रैबार
एकै दिन ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९ पुग्यो
सांकेतिक तस्वीर

काठमाडौं १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो । आज थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ । कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै