होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाले भने नेविसंघ हाै भने गाउँमा जाऊ गाउँमा, यहाँ भाषण गरि केही हुन्न्
समाचार

देउवाले भने नेविसंघ हाै भने गाउँमा जाऊ गाउँमा, यहाँ भाषण गरि केही हुन्न्

  • नागरिक रैबार
देउवाले भने नेविसंघ हाै भने गाउँमा जाऊ गाउँमा, यहाँ भाषण गरि केही हुन्न्
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बीच किन कार्यक्रम गरेको भन्दै नेविसंघका नेताहरुप्रति आक्रोश पोखेका छन्। पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो महामारीमा भाषणबाजीको कुनै औचित्य नभएको बताए।

‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन,उनले भने, ‘खतरा रोग आएको छ। कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ।अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? ‘

उनले नेविसंघलाई बलियो बनाउन स्कुल कलेजमा जित्न आग्रह गरे। ‘जहाँ पनि हार्‍याहार्‍यैं छन्। लाज पनि छैन,’ देउवाले भने, ‘काठमाडौंमा भाषण गरेर केही हुनेवाला छैन।’ नेता देउवाले नेविसंघलाई बलियो बनाउन गाउँ जान विद्यार्थीलाई सल्लाह दिए।उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।’

उनले विद्यार्थीहरु नमिलेकै कारण समस्या आएको बताए। उनले भने,’आफैं झगडा गर्‍यागर्‍यै छन्। सबै मिलेको भए समस्या नै आउँदैनथ्यो।’ नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको बताउँदै देउवाले भने,’ तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन क्या हो।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै