होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपीसँगै राष्ट्रपतिमाथि पनि उठ्यो प्रश्न, संसद् बैठक माग गर्ने तयारी
समाचार

केपीसँगै राष्ट्रपतिमाथि पनि उठ्यो प्रश्न, संसद् बैठक माग गर्ने तयारी

  • नागरिक रैबार
केपीसँगै राष्ट्रपतिमाथि पनि उठ्यो प्रश्न, संसद् बैठक माग गर्ने तयारी
फायल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीभित्रबाट अहिले घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग गरेका छन् ।  शुक्रबार दिउँसोसम्म भएका अनौपचारिक वार्ताले पनि सकारात्मक नतिजा निकालिसकेको छैन ।

नेकपाभित्रको आन्तरिक विवादका कारण संघीय संसद्को चालु अधिवेशन चल्दाचल्दै अन्त्य गरिएको छ ।  बिहीबार मन्त्रिपरिषद्को सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरिन्, त्यो पनि द्रुत गतिमा । संसद् स्थगनसँगै राष्ट्रपति भण्डारीको भूमिका पनि संशयमा परेको छ ।

उसो त नेकपाकै अध्यक्ष दाहाल नै राष्ट्रपतिको भूमिकाबाट सशंकित छन् ।  संसद् अन्त्य गर्न सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति कार्यालय पुगेका दाहालले फर्किएपछि आफुलाई उनको भूमिकामा शंका लागेको बताएका थिए ।

विज्ञापन

“राष्ट्रपतिको भूमिकाप्रति पनि मलाई शंका लागेको छ । पार्टीभित्र सहमति कायम भएन भने यो बैठक विभाजनको बैठक पनि हुनसक्छ,” बिहीबार दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यको भनाइ थियो ।

२२ गतेका लागि प्रतिनिधिसभा बैठक तय भएको थियो । बैठक नरोकेको भए आफूविरुद्ध नेकपाबाटै अविश्वासको प्रस्ताव आउने संकेत पाएपछि ओलीले हतार हतार संसद् अधिवेशन अन्त्य गरेको हुन सक्ने ओलीइतरको आरोप छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत संसद् अधिवेशन अन्त्य गरेकोमा विज्ञप्ति जारी गरेरै असन्तुष्टि जनाएको थियो ।

प्रधानमन्त्रीसँगै निशानामा राष्ट्रपति !

संसद्को अधिवेशन चालु रहेको अवस्थामा अध्यादेश ल्याउन पाइँदैन । नेकपा अध्यक्ष दाहालनै संसद् अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनका लागि सहज बनाउनेगरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्ट छन् ।  स्रोतका अनुसार उनले बिहीबार राष्ट्रपतिसँगको भेटमा राजनीतिक दल ऐन संशोधन सम्बन्धी अध्यादेश सरकारले पठाए रोकिदिनका लागि आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि राष्ट्रपतिको भूमिकाबाट सशंकित छ ।

कांग्रेस सांसद गगन थापा पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु जिम्मेवारीको दुरुपयोग भएको बताउँछन् । “राष्ट्रपति व्यक्ति होइन संस्था हो । पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु र गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो । संविधान र संस्थाको मर्यादाको खिलाफमा हो । गणतन्त्रकै अवमूल्यन हो,” सांसद थापाको टिप्पणी छ ।
स्रोतका अनुसार ओलीइतरसमूह ओलीलाई अध्यादेश ल्याउन राष्ट्रपतिले साथ दिए प्रधानमन्त्रीसँगै राष्ट्रपतिको समेत विकल्प खोज्ने बाटोमा जानेछन् ।

राष्ट्रपतिको पनि विकल्प खोजे ओलीको विकल्पको सरकार गठन हु्ँदा मधेस केन्द्रित दल र कांग्रेससँग सत्तासाझेदारी गर्न सहज हुने दाहाल पक्षको बुझाइ छ ।  राष्ट्रपतिको विकल्प खोज्ने कुरामा संसद्मा रहेका अन्य दलहरुसँग ओलीइतरसमूहका नेताहरुले छलफल सुरु गरेको बुझिएको छ । समाजवादी जनता पार्टीका एक सांसदले भने, “अध्यादेश ल्याउने कुरामा प्रधानमन्त्रीलाई साथ दिए राष्ट्रपतिलाई पनि हटाउनुपर्छ भन्ने उहाँहरुको कुरा छ । त्यस्तो अवस्था आएमा हामी साथ दिनेछौं ।”

संसद् बैठक माग गर्ने तयारी 

प्रतिपक्षी दलहरुले संसद बैठक माग गर्ने तयारी पनि थालेका छन् । संसद् बैठक माग गर्दा बैठक आह्वान नगरे राष्ट्रपति पनि संकटमा पर्ने उनीहरुको बुझाइ छ ।

संविधानको धारा ९३ को  (३) मा, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ,’ भन्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार संसद् बैठक आह्वान गर्नेबारेमा पनि कांग्रेस र जनता समाजवादी पार्टीमा छलफल सुरु भएको छ । समाजवादी पार्टीका एक नेताले संसद् अधिवेशन बोलाउनका लागि कांग्रेसका नेताहरुसँग छलफल गर्ने तयारी भइरहेको बताए ।  संविधानविद् डा. भिमार्जुन आचार्य प्रतिनिधिसभाका एक चौथाइ सदस्यहरुले अधिवेशनको सुचारुका लागि लिखित रूपमा राष्ट्रपतिलाई अनुरोध गर्न सक्ने संवैधानिक व्यवस्था रहेको बताउँछन् ।

त्यस्तो अवस्थामा सरकारले चाहेर पनि संसद् अधिवेशन रोक्न सक्ने छैन ।  राष्ट्रपतिले त्यसरी आग्रह हुँदा पनि अधिवेशन नबोलाएमा उनीमाथि संविधान विपरीत हिँडेको आरोप लाग्नेछ ।  “संसद्लाई सरकारले यसरी आफूखुसी उपयोग गर्दै जाने हो भने संसदीय व्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ,” संविधानविद् आचार्यले अधिवेशन अन्त्यपछि ट्विट गर्दै टिप्पणी गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै