होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आर्थिक नहुँदा गाेत्रीका नरजित शाहीको उपचार हुन सकेन
देश/प्रदेश

आर्थिक नहुँदा गाेत्रीका नरजित शाहीको उपचार हुन सकेन

  • नागरिक रैबार
आर्थिक नहुँदा गाेत्रीका नरजित शाहीको उपचार हुन सकेन

बाजुरा । जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालीकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र धोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ आएका ती शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले घरमै तड्पिएका छन ।

बिगत २ बर्ष देखी शाहि एउटा गाई पालन फर्ममा काम गर्दै आफ्नो श्रीमती र १२ बर्ष भन्दा मुनिका ५ जना सन्तानको कष्टका साथ पालनपोषण गर्दै गुजारा चलाईरहेका थिए । ७ महिना देखी शाहिको कम्मरको नसा च्यापिएर थला परिरेपछि उनको आर्थिक बिपन्नता का कारण उपचार प्रक्रिया अघि बढ्न नसकेको शाहिका आफन्तले बाताएका छन् ।

बिर अस्पतालमा उपचारको लागि राखिएता पनि उनको अप्रेसन गर्नु पर्ने हुँदा उनको अप्रेसन गर्न मामुलि चार लाख रुपैया जति लाग्ने भएकाले उनिसंग आर्थिक अबस्था कमजोर भएकाले आफुलाई अस्पतालको रिफर गरेको बताए । आफु थला परेपछि उनको उपचारको त कुरै पर छोड उनका श्रीमती र ५ सन्तान लाई बिहान बेलुकाको छाक टार्न समस्य समेत भएको छ ।

विज्ञापन

काठमाण्डौमा जेला मजदुरि गरेर आफ्नो परिवारको दैनिक गुजरा चलिरहेको थियो अहिले आफु थला परेपछि ७ महिना देखि आफ्नो परिवारको समेत विचल्ललि भएको शाहि बताउछन । कोरोना महामारी को कारणले बाजुरा स्थायी घर भई उपत्यकाको विभिन्न ठाउँमा ज्याला मजदुरी गरिरहेका मजदुर र कोभिड ज्ञढ को कारणले अफ्ठ्यारो अवस्थामा परेका बिधार्थीहरुलाई खाध्यान्न राहत बाँड्दै गरेको अवस्थामा शाहि संग भेट भएको सोहि जिल्लाका काठमाण्डौमा ब्यबसायी गर्दै आएका मनोज सिँहले बताए । निज शाहिलाई पुणर् उपचार गर्ने बाचा सहित बिर अस्पतालमा उपचार प्रक्रिया अघि बढाएका छौ ।

र डाक्टरका अनुसार उनको नशामा ठूलो समस्या रहेको र अपरेसन गर्नैपर्ने प्रारम्भिक अनुमान रहेको छ र आजनै एमआरआई र अन्य इन्भेस्टिकेसन गरिएको छ र अब रिपोर्ट आईसकेपछी उहाँको अपरेसन गरिने सिँहले बताए । उपचारको समस्या मात्र नभई उहाँको परिवारमा दैनिक गुजाराको पनि समस्या भएको कारण उहाँ र उहाँको परिवार लाई आर्थिक, खाद्यान्न र लत्ताकपडा को सहयोग गरिदिनहुन सम्पुर्ण सहयोगी मनहरुलाई समेत हार्दिक अपिल गरेका छन । सहयोग गर्न चाहाने महानुभावले सामाजिक अभियन्ता तथा यस सहयोगमा सक्रिय  मनोज सिंह 9864531983 मा सम्पर्क गर्नुहोला ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २१ घन्टा अगाडि