होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजदेखि १९ सांसद राष्ट्रिय सभाबाट घर फर्किँदै
समाचार

आजदेखि १९ सांसद राष्ट्रिय सभाबाट घर फर्किँदै

  • नागरिक रैबार
आजदेखि १९ सांसद राष्ट्रिय सभाबाट घर फर्किँदै

फागुन २० काठमाडौं : राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आज सकिँदैछ।  गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु आज अन्तिम बैठकमा सहभागी हुँदैछन्।

विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिन लागेको हो।  आज कार्यकाल सकिनेमा महिलातर्फ सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली रहेका छन्।

त्यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेको कार्यकाल सकिँदैछ।

विज्ञापन

यसैगरी दलित कोटाबाट निर्वाचित खेमराज नेपाली र रामपृत पासवान तथा अपांगता कोटाबाट निर्वाचित राजकुमार कुँवर र बृषेशचन्द्र लालको कार्यकाल तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको कार्यकाल पनि आज सकिँदैछ।

यस अघि सत्तारुढ नेकपाको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस गर्ने भनेपछि नेकपामा विवाद भएको छ। सरकारले कसलाई सिफारिस गर्‍यो भन्ने अझै खुलेको छैन्। कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्।

त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन्। रिक्त हुने १९ सदस्यको ठाउँमा भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ।  गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले भोलि बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

भोलि सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। यसैबीच राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आज कार्यकाल सकिन लागेका सबै सांसदहरुले आफ्नो भनाइ राख्नुका साथै केही व्यवस्थापकीय कार्यक्रमको कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

उनकाअनुसार आज कार्यकाल सकिन लागेका संसदहरुको दिउँसो साढे १ बजे फोटो शेसनको कार्यक्रम छ। त्यसपछि २ बजे सुरु हुने बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवम् राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

त्यस्तै सचिव फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ र ‘बिरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७५’ टेबुल गर्ने कार्यसूची छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै बैठक सकिएपछि आज कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरुलाई एक अनौपचारिक कार्यक्रम गरी विदाई गर्ने तयारी भइरहेको सचिव फुँयालले जानकारी दिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै