होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस २, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ७३ पुग्यो
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ७३ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ७३ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ। धनगढीमा गरीएको परीक्षणमा पुष्टि भएका व्यक्तिको ठेगाना खुलाईएको छैन्।

सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको हो।

अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार