होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता : माधव नेपाल
राजनीति

आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता : माधव नेपाल

  • नागरिक रैबार
आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता : माधव नेपाल

कैलाली । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक क्रान्ति अबको कार्यभार भएको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्वबोधन गर्दै उनले सो कुरा वताएका हुन् ।

नेता नेपालले आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता हुने भन्दै नेता कार्यकर्ता उत्पादनमा जोडिनुपर्नेमा जोड दिए । नेकपाको एकताले देशीविदेशी तत्वहरु समेत झस्किएको दावी गर्दै नेपालले यो एकतालाई मूर्त रुप दिएर अबको कार्यभार पुरा गर्ने बेला आएको पनि बताए । उनले गरिवी अभाव पर्छौटेपन अन्त गर्दै व्यापक रोजगारी सिर्जना गरी गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए ।

उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि असल र गतिशील कार्यकर्ता उत्पादन गर्नुपर्ने वताए । नाराले मात्र लोकप्रिय पार्टी बन्न नसक्ने बताउँदै उनले भने, ‘चिन्तन, चेतना, जागरण, व्यवहार, असल नीति, क्रियाशिलता र असल कामले नै लोकप्रिय पार्टी निमार्ण हुन्छ ।’यस्तै कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्द नेपाल सुखी नेपालीको लागि सरकार लागिपरेको बताए ।कार्यक्रमलाई नेकपाका नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, उद्योगमन्त्री लेखराज भट्ट, खगराज भट्ट लगायतले पनि सम्बोधन गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि