होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी
समाचार

नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी

  • नागरिक रैबार
नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी

१४ पुस, नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार