१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् ।
यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।
ऐन महरको संयोजक, सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ ।
रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति बनाइएको छ । सदस्यमा सुनिता बराल र समिक वडाल रहेका छन् । यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।
शुक्रबार बसेको बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु