होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात
समाचार

सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात

  • नागरिक रैबार
सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात

नागरिक रैबार/बाजुरा १३ मंसिर ।  बाजुरा सहित सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ।

असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन्। पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए।

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ। बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो। अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन्। बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार